८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा ५० जनाको उम्मेदवारी दर्ता


143
Shares

सिन्धुली । सिन्धुलीमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कुल ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. १ मा ४ स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको हाे । प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनेहरुमा नेकपा एमालेकातर्फबाट प्रदीपकुमार कटुवाल क्षेत्री, गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका श्यामप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी प्रतिनिधिसभामा क्षेत्र नं. १ मै स्वतन्त्रबाट दुधौली-९ का रामप्रसाद अधिकारी, कनपा-९ का कृष्णहरि पौडेल, गोलञ्जोर-५ का डम्बरबहादुर बिक र कनपा १४ का रामहरि बुढाथोकीको उम्मेदवारी परेको छ ।

नेपाल मजुदर किसान पार्टीबाट चित्रलाल श्रेष्ठ, मंगोल नेश्नल अर्गनाईजेशनका धनकुमार राई, एकीकृत शक्ति नेपालबाट फडिन्द्रबहादुर श्रेष्ठ, राप्रपाबाट मेनुका ठकुरी, राप्रपाबाट शालिग्राम माझी, जसपाबाट सोमनाथ अधिकारी र नेकपा पुष्पलालबाट हिरण्यलाल श्रेष्ठको उम्मेदवारी परेको छ । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र-१ प्रदेशसभा-१ मा एक जना स्वतन्त्रसहित ६ जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमालेका सुवासराज देवकोटा, नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद भट्टराई, नेकपा (एस) का टेकेन्द्रबहादुर सुवेदी, राप्रपाका रामनारायण अधिकारी, नेपाल मजदुर किसान पार्टीका कृष्णकुमार मचाममी र स्वतन्त्रबाट अन्यु अधिकारीले उम्मेदवारी दिएका छन । सिन्धुली जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा-१ बाट ७ जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमालेबाट कुमारबहादुर कार्की, नेपाली कांग्रेसबाट रामकुमार पहाडी, नेकपा (एस) बाट चित्रबहादुर लुंगेली, नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, राप्रपाबाट राजेश मगर, नेकपा माक्र्सवादी (पुष्पलाल) बाट झंकनाथ दाहाल, मंगोल नेशनल अर्गनाईजेशनका छत्र बहादुर माझीको उम्मेदवारी परेको छ । सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा ११ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ कालागि नेकपा एमालेबाट मनोजजंग थापा, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल नेपाल मजदुर किसान पार्टीबाट रामेश्वरी कोजु, मंगोल नेशनल अर्गनाईजेशनबाट शान्तवीर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अनोजकुमार दाहाल, राप्रपाबाट भिष्मराज श्रेष्ठ, तामाङसालिङ लोकतान्त्रिक पार्टीबाट डिल्लीकुमार गोले, जसपाबाट मानध्वज भ्लोन र जनसमाजवादी पार्टी नेपालबाट योग्यबहादुर मुडुला कार्की, नेकपा (एस) का नेता गोपालबहादुर थापा र भुपेन्द्र विश्वकर्माले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ को १ प्रदेशसभातर्फ ६ जना र निर्वाचन क्षेत्र २ (ख) मा ७ जना गरी कुल १३ जनाकोे उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को १ प्रदेशसभा सदस्यमा नेकपा एमालेका विनोदकुमार खड्का, नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन, राप्रपाका राजेश विक्रम बस्नेत क्षेत्री, नेपाल मजुदर किसान पार्टीका संगिता दुवाल, मंगोल नेशनल अर्गनाईजेशन पार्टीका योजनकुमार बल र स्वतन्त्रबाट दिपककुमार पोखरेलको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेकातर्फबाट रामकुमार पौडेल, गठबन्धनकातर्फबाट बाबुराम भट्टराई निकट नेता गंगा नारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचनमा लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट टलकबहादुर कार्की, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण ग्वाछा, मंगोल नेशनल अर्गनाईजेशनबाट तुलसी राई, जनसमाजवादी पार्टीबाट हेमन्त पुलामी र स्वतन्त्रबाट सरोजकुमार मैनालीको उम्मेदवारी परेको छ ।