२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक


299
Shares

काठमाडौं । बंगलादेशमा आयोजना हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

नोभेम्बर १ देखि ११ सम्म ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले पहिलो खेलमा भुटानविरुद्ध खेल्ने छ । नेपाल र भुटानबीचको खेल नोभेम्बर ३ मा हुने छ । यस्तै, नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्ने छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ । प्रतियोगिताका लागि नेपालको बन्द प्रशिक्षणमा ३० खेलाडी रहेका छन् । यस्तै, मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीको नेतृत्वमा नेपालले तयारी गरिरहेको छ ।