१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्यमोहन जोशीको उपचार आईसीयू कक्षमा हुँदै


78
Shares

काठमाडौं । १०३ वर्षीय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयू कक्षमा राखेर उपचार गरिएको छ ।

ललितपुर स्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा स्वास्थ्यमा सुधार नआएपछि आईसीयू कक्षमा सारिएको थियो ।

मुटु र प्रोष्टेट समस्या भएका जोशीलाई यही असोज ७ गते इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको थियो ।

जोशीलाई युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।