
सिन्धुली । देशको दिगो विकासका लागि राजनीतिक दलमा चेतनाको विकास नभएको सिन्धुलीका नागरिकले गुनासाे गरेका छन् ।
आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार बनेका व्यक्तिहरुले आफ्नो निर्वाचन क्षेत्रको विकास र जनताको सेवा गर्ने बताएका छन् । जनताकाबीचमा मत माग्ने कामको थालनी गर्दा नागरिकले भने निर्वाचन पद्धति र उम्मेदवारहरुप्रति टिका टिप्पणी गर्न थालेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कुल ५० जनाले उम्मेदवारी दर्ता गराएका मध्धे अधिकांशले आफ्नो निर्वाचन क्षेत्रमा भौतिक शिक्षा, स्वासथ्य र खानेपानी लगायत पूर्वाधार विकास गर्ने प्रतिबद्धता गर्दै आएका छन् ।
२ प्रतिनिधिसभा क्षेत्र र ४ प्रदेशसभा क्षेत्र रहेको सिन्धुलीमा निर्वाचनका लागि उम्मेदवार बनेका अधिकांश उम्मेदवारहरुले जिल्लाको विकास र जनताको सेवा गर्ने विषयलाई बढी महत्व दिएका छन् । स्थानीयबासीले भने देशको दिगो विकासका लागि देशका राजनेता र राजनैतिक दलहरुको चेतनाको विकास नभएको गुनासो समेत गरेका छन् । सिन्धुली जिल्लाका धेरै घर परिवारहरुले बिजुली बत्ति बाल्न समेत पाएका छैनन् । हिउँदका लागि सडको अभावले स्थानीयहरु कष्टकर जीवन बिताइरहेका छन् ।
जिल्लामा गरीबी, पछौंटेपन र बेरोजगारीको समस्याले स्थानीय युवायुवतीहरु बढ्दो रुपमा विदेश पलायन भइरहेका छन् । राजनैतिक दलहरुका उम्मेदवारहरु भने मत माग्ने काममा नै व्यस्त भएका छन् । आगामी निर्वाचनका लागि सिन्धुली जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभामा विभिन्न राजनैतिक दलहरुका तर्फबाट उम्मेदवार बनेका व्यक्तिहरुले जनताको सेवक भएर काम गर्ने बताउदै आएका छन् ।
उनीहरुले विगतमा बाँकी रहेका विकासको काम पूरा गर्ने, नेपाली जनताको इच्छा अनुसार काम गर्ने, संविधानको कार्यावन्यन, विकास, समृद्धिको नेतृत्व गर्ने लगायत राष्ट्रिय आवश्यकतालाई केन्द्रित भएर सिन्धुलीमा सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्