१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार


65
Shares

काठमाडौं । १०३ वर्षीय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ ।

ललितपुर स्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आईसीयू कक्षमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार आएको जनाएको हो ।

मुटु चाल सम्बन्धि समस्यामा पनि सुधार भएको अस्पतालले जनाएको छ । छातीमा निमोनिया संक्रमणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स जारी रहेको र उहाँले प्रतिकृया समेत देखाएको जनाएको अस्पतालका निर्देशक प्रा. डा सुरज बज्राचार्यले जानकारी दिनुभयो ।

गत असोज ७ गते आकस्मिक वार्डमा भर्ना गरिएको जोशीको उपचारको क्रममा रगत परीक्षण गर्दा डेंगी संक्रमण पुष्टि भएको थियो ।