
प्रतिकात्मक तस्विर ।
अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ ।
स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो।
खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा प्रहरी चौकी पालीको टोलीले पाणिनी गाउँपालिका वडा नम्बर ८ मा रहेको धोबीघाट खोलामा शव बगीरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । घर्तीकाे शव पोष्टमार्टम गरेपछि परिवारलाई जिम्मा लगाएकाे उहाँले बताउनुभयाे ।
साेही घटनाको थप अनुसन्धान भईरहेको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्