
काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।
नेप्से ११ अंकले वृद्धि भएर १८ सय ६६ मा थामियो । बुधबार कारोबारमा आएका १४० कम्पनीको शेयरमूल्यमा वृद्धि हुँदा ३९ कम्पनीको घटेको छ ।
बुधबार २ सय २३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयरको ६९ करोड १७ लाख ३७ हजार रुपैयाँमा खरीदबिक्री भएको छ । बुधबार म्युचल फण्ड र व्यापार समूहको परिसूचक घट्दा सबैभन्दा धेरै विकास बैंक र वित्त समूहको परिसूचक २ अंकले वृद्धि भएको छ भने वाणिज्य बैंक, होटल तथा टुरिजम, जलविद्युत लगानी, जीवन बीमालगायतका समूहमा हरियाली छाएको छ ।
बुधबार अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने महुली लघुवित्त वित्तीय संस्था, प्रोगेसिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतले वृद्धि भएको छ ।
यसदिन सबैभन्दा धेरै एभरेष्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतले गुमाएका छन् भने एनएमबि हाइव्रिड फण्डको शेयरमूल्य ५ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई व्यालेन्स फण्ड १ र सानिमा लार्ज क्याप फण्डको शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।
बुधबार कारोबार रकमको आधारकमा सबैभन्दा धेरै नबिल बैंकको २ करोड ४० लाख माथिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्