१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपरासीको पम्फापुरमा झाडापखालाको प्रकोप


52
Shares

परासी । नवलपरासीको रामग्राम नगरपालिका–१८ को पम्फापुर गाउँमा झाडापखाला फैलिएको छ ।

झाडापखालाबाट बिरामी भएका १८ जनाको परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । झाडापखालाले प्रकोपको रूप लिने देखिएपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय २३ जनाको उपचार गरिएको छ ।

गम्भीर अवस्थाका बिरामीलाई भने अस्पताल पठाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देवीलाल पौडेलले जानकारी दिनुभयो । अस्पतालमा बेड अभाव भएपछि एउटै बेडमा दुई जनालाई राखेर उपचार गरिएको छ ।

दशैंपछि गाउँको एउटा भण्डारामा खाना खाएपछि गाउँलेहरूमा झाडापखाला संक्रमण भएको हो ।