
एजेन्सी । पाकिस्तानकी पहिलो महिला डीजे नेहा खानले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छिन् ।
आफ्नो करियरमा धेरै उतारचढाव देखेकी उनले पछिल्ला चार वर्षमा धेरै दुःख भोगेको भारतीय सञ्चार माध्यामसँगको कुराकानीमा बताएकी हुन् ।
पाकिस्तान बाहेक, उनी विश्वभर इलेक्ट्रोनिक संगीतको लागि प्रसिद्ध छिन् । भारतीय सञ्चार माध्यामसँगको एक अन्तरर्वातामा उनले आफूलाई आउने गरेका बलत्कार र ज्यान मार्ने धम्कीको बारेका कुरा गरेकी थिइन् । उनी भन्छिन्, ‘आज पनि यस्ता धेरै ठाउँहरू छन्, जहाँ महिलाहरूलाई कुनै न कुनै कुराको लागि दबाउन खोजिएको छ। एकातिर संसारले आफ्नो सोचलाई ठूलो बनाउन खोजिरहेको छ । अर्कोतर्फ महिलामाथि औंला उठाउनेहरु धेरै छन् । पाकिस्तानमा पनि महिलाहरूलाई आफ्नो करियरमा आफूले चाहेजस्तो प्रगति गर्न दिइँदैन । सपना ठूला हुन्छन् तर पूरा गर्ने मौका दिइदैन्।’
उनी थप्दै भन्छिन् । ‘पुरुष प्रधान समाज पाकिस्तानमा जब म डिजे भए मानिसहरूले मलाई अपमान गर्न थाले । तर, कतिपय महिलाहरूले मलाई प्रेरणको स्रोत भएको भन्दै बधाई पनि दिए । यसले मलाई काम गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ । तर, कहिलेकाहीँ मानिसहरूको अपहेलना र गाली पनि सुन्नुपर्छ ।
नेहा सन् २०२१ को जुन महिनामा पाकिस्तानको हुन्जा महोत्सवमा सहभागी भएकी थिइन् । त्यसदिन सबैले उनले बजाएको गीतको प्रशंसा गरेका थिए । तर, भोलीपल्ट विहान उनलाई धेरै फोन र म्यासेज आयो । म्यासेजहरूमा ज्यान मार्ने धम्कीहरू थिए। नेहालाई एयरपोर्टमा नै मार्ने धम्की आएपछि पाकिस्तान फर्किन नसकेको बताएकी छिन् । महोत्सबमा उनले धेरै अश्लीलता फैलाएको भन्दै उनलाई ज्यान मार्ने र बलात्कारको धम्की आएको थियो । उनी अहिले भारतमा छिन् ।
प्रतिक्रिया दिनुहोस्