
काठमाडाैँ । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले हरियो रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १८ सय ७० कायम भयो ।
कारोबार ८३ करोड बराबर रह्यो । यस दिन जलविद्युत बाहेक अरु सबै समूहमा हरियाली छायो । उत्पादनमूलक समूह सबैभन्दा उच्च ७३ अंकले उकालो लाग्यो ।
बीमा, वित्त र विकास बैंक समूह पनि दोहोरो अंकले बढ्दा अरु सामान्य अंकले हरियो रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २२ कम्पनीको २७ लाख बराबर कित्ता शेयर ८२ करोड ९६ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन ९५ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो । यस दिन अभियान लघुवित्तको शेयर सर्किट लेबलमा कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्