९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘तपाईंहरुकाे भरोसालाई मैले कुठाराघात गर्ने छैन’


143
Shares

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंले देश बनाउने नेतालाई विश्वास गरेकाे बताउनु भएकाे छ ।

काठमाडौं – ५ आयाेजित एक कार्यक्रममा उहाँले विकृतिहरुलाई अन्त्य गरी अगाडि बढेको नेतृत्वलाई विश्वास गर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे,’आज देशमा धेरै विकृतिहरु छन्। राजनीतिभित्रै धेरै विकृतिहरु छ। राजनीतिमा विकृति ल्याउने नेतृत्व पनि दलहरुभित्र छ। त्यसैले राजनीति सफा गर्न आवश्यक छ। मेरो पहिलो उद्देश्य राजनीतिलाई सफा गर्ने हो। दोस्रो कुरो राजनधानीलाई पनि सफा गर्ने उद्देश्य हो।’

उहाँले थप्दै भन्नुभयाे, ‘काठमाडौंको क्षेत्र नम्बर ५ राजधानीको पनि राजधानी हो। यसले नेपालको नीति निर्माणमा ठूलो योगदान गर्न सक्छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरु छन् क्षेत्र नम्बर ५ मा। त्यसैले ५ बाटै देश बन्ने नीति बन्नुपर्छ। देश बनाउने नीतिको नेतृत्व गर्ने नेता ५ बाटै आउनु पर्छ।’

उहाँले मलाई विशवास गर्न जनतालाई आग्रह गरे । उहाँले भन्नुभयाे,’तपाईंको विश्वासलाई, भरोसालाई मैले कुठाराघात गर्ने छैन। तपाईंको सांसदको रुपमा मैले देशमा प्रभावकारी भूमिका निर्वाह गर्ने छु। तपाईंको शिर निहुरिने, तपाईंलाई लाज हुने स्थिति मैले निर्माण गर्ने छैन। गर्व हुने स्थिति निर्माण गर्नेछु।’