
पोखरा । गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विजयी शुरुवात गरेको छ ।
पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा बिहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे । विमलले खेलको आठौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । दोश्रो गोल भने एनआरएनएका सञ्जोगले दोश्रो हाफको १० मिनेटमा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्