
काठमाडाैं । नवौं राष्ट्रिय खेलकुदमा ६ हजार बढी खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने नवौं राष्ट्रिय खेलकुद आयोजनाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
७ प्रदेश, ३ विभागीय टिम र एनआरएनए गरी ११ टोलीका व्यक्तिगत र समूहगत खेलका गरि ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । राखेपले कास्की बाहेकका जिल्लामा सुरु भएका खेलका सहभागी टोली सम्बन्धित जिल्लामा पुगिसकेको जनाएको छ ।
महिला क्रिकेट पोखरा क्रिकेट मैदानमा असोज २३ गते तथा असोज २४ गतेबाट महिला तथा पुरुष ह्याण्डबल र फेन्सिङ खेल सुरु भएका थिए ।
अहिले सम्म बागमती प्रदेशले ४ स्वर्ण १ रजत, आर्मी ३ स्वर्ण, ३ रजत ६ कास्य, एपिएफ क्लबले १ स्वर्ण ३ रजत र ६ कास्य, सुदुर पश्चिमले १ स्वर्ण र ३ कास्य, पुलिस १ स्वर्ण, प्रदेश १ ले ३ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्