२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न सक्दैन : अर्थविद् वाग्ले


4.979k
Shares

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताउनुभएको छ ।

उहाँले नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकाको अवस्थामा पु¥याउन सकिने बताउनुभयो । नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने उहाँको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरूले लिने अतिरिक्त सुविधाले समस्या आएको बताउनुभयो । गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रूपमा लिएको दावी गर्नुभयो । उहाँले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढ्दा समस्या उत्पन्न भएको तर्क गर्नुभयो ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्रविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताउनुभयो । प्रविधिको विकास तीव्र गतिमा अगाडि बढेकाले नेपालले क्रिप्टोकरेन्सीलाई रोक्न नसक्ने भन्दै उहाँले सरकारले सोच्नुपर्ने अवस्था आएको बताउनुभयो ।

अध्यक्ष गोल्यानले कृषि र कृषि प्रशोधनमा ठूलो सम्भावना भएपनि तत्काल अपेक्षा गरेजस्तो प्रतिफल नआउने बताउनुभयो ।