१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना, ८ जनाको मृत्यु


221
Shares

एजेन्सी । कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ८ बालबालिकाको मृत्यु भएको छ ।

कम्बोडियाको दक्षिणपूर्वी कान्डल प्रान्तको मेकोङ नदीमा डुंगा दुर्घटना भएको हो ।

घटनामा ३ बालबालिका बेपत्ता भएका छन् । स्थानीय विद्यालयको विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको बताइएको छ । डुंगा क्षमताभन्दा बढी व्यक्ति सवार भएका कारण दुर्घटना भएको कम्बोडियाका अधिकारीहरुले जनाएका छन् ।

मृत्यु हुने बालबालिकाको उमेर १२ देखि १५ वर्षका रहेको बुझिएको छ । डुंगा चालक र दुई विद्यार्थीको भने उद्धार गरिएको छ ।