
म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ ।
पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ५ वटा स्वर्ण पदक जितेको हाे । महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ । राष्ट्रिय खेलकुद परिषदका प्रमुख तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठ एकल पुम्सेमा विजयी भएकाे बताएका छन् ।
महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ दोस्रो, प्रदेश-१ की सुशिला राई र गण्डकीकी अर्पणा अधिकारी तेस्रो भएका छन् । पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज राना द्वितीय, गण्डकीका आयुष गुरुङ र प्रदेश-१ का विवेक राई तृतीय भएका छन् ।
पुम्से पियरमा प्रहरीका निशा दर्नाल, अस्मिन राउत प्रथम, सेनाको दिपेन्द्र गुरुङ, प्रशन्ना क्षेत्री दोस्रो, गण्डकीका आयुश गुरुङ, अर्पणा अधिकृत तथा प्रदेश-१ का विवेक राई र सुविक्षा राई तेस्रो भएका छन् ।
पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर भाट र कमल श्रेष्ठ प्रथम, सेनाका दिपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेल दोस्रो, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर, युकेश थापामगर तथा शसस्त्र प्रहरीका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहाल तेस्रो भएका छन् ।
टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्री प्रथम, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेल दोस्रो, सशस्त्र प्रहरीका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश-१ का मनिषा विश्वकर्मा, शान्ति राई र सुशिला राई तेस्रो भएका छन् । तेक्वान्दोको पुम्मे विधातर्फको सबै खेल सकिएको राखेपका प्रमुख तेक्वान्दो प्रशिक्षक श्रेष्ठले जानकारी दिएका छन् ।
गेरोगीतर्फ शनिबार महिलाको ५३ र पुरुषको ५८ केजी तौल समूहको पहिलो चरणको खेल सकिएको छ । महिलाको ५३ केजी तौल समुहबाट सेनाकी गिता कडायत, लुम्बीनी प्रदेशका निलिमा मल्ल, प्रहरीका आयुशा लामा र सशस्त्र प्रहरीकी अस्मिता खड्का क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष ५८ केजी तौल समुहबाट मधेश प्रदेशका सोव अख्तर, बागमतीका रेहन केसी, पुलिसका सुवासचन्द्र बाेहोरा र सेनाका लोकबहादुर राउत क्वाटर फाइनल प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्