१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाराग्लाइडिङ दुर्घटना हुँदा खेलाडीको मृत्यु


338
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाराग्लाइडिङ प्रतिस्पर्धामा एक खेलाडीको मृत्यु भएको छ ।

नवौं खेलकुदमा पहिलो पटक समावेश गरिएको पाराग्लाइडिङको क्रसकन्ट्री प्रतिस्पर्धामा निसिम थापाको दुर्घटनामा परेर निधन भएको हो ।

सराङकोटमा जारी पाराग्लाइडिङमा त्रिभुवन आर्मी क्लबबाट सहभागी कास्कीका २६ बर्षीय थापा एक सय मिटर माथिबाट जमिनमा खसेका थिए ।

घाइते थापालाई उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।