१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेलम्ची नगरपालिकाले सुरु गर्‍यो योजनामा अनलाइन सम्झौता


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाइन सम्झौता थालनी गरेको छ ।

नगरपालिकाले उपभोक्तामार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरु भएपछि अनलाइन प्रकृयाबाट सुरुवात गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले जानकारी गराउनुभयो ।

२० लाख रुपैयाँ भन्दा मुनिका योजनाको अनलाइन सम्झौता थालिएको हो ।

उपभोक्तामार्फत गरिने योजनाको पारदर्शिता कायम गर्न सबै योजना अनलाइनमार्फत सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले बताएको छ ।