३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा गिरावट


182
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचक २.६१ अंक घटेर १८५८.३३ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २१९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम समेत घटेको छ । आइतबार ८० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंक, होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ ।

सोमबार नेप्से परिसूचक घटेपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, आइतबारबाट कारोबारमा आएको पिपुल्स पावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशत घटेको छ । सोमबार नबिल बैंकले २ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको २ करोड ६१ लाखको शेयर खरिदबिक्री भएको छ ।