
म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
बेनीमा सोमबार भएको क्वाटरफाईनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।
पुलिसले आर्मीमाथि पहिलो सेट २५–१६ र दोस्रो सेट २५–२० ले जितेको थियो । तेस्रो र चौथो सेट भने आर्मी जितेको थियो । आर्मीले क्रमशः २५–२३ र २५–१४ मा दुई सेट जितेको थियो । पाँचौ तथा निर्णायक सेट पुलिसले १५–१३ ले जितेको हो
प्रतिक्रिया दिनुहोस्