
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष पाेख्नु भएकाे छ ।
ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओलीकाे प्रवृत्ति अझै नफेरिएको टिप्पणी गर्दै कटाक्ष पाेख्नु भएकाे हाे ।
उहाँले वाम गठबन्धन गर्दा आफूहरुले धोका पाएको बताउनुभयाे। उहाँले भन्नुभयाे ,’१२ बुँदे सम्झौतामा कांग्रेसका तर्फबाट गिरिजाप्रसाद कोइरालाले र एमालेबाट माधव नेपाल र माओवादीबाट मैले हस्ताक्षर गरेका हौँ। गोरुगाढा प्रवृत्तिविरूद्ध लड्न अहिले १२ बुँदे पक्षधर एकै ठाउँमा उभिएका हौँ ।’
प्रतिक्रिया दिनुहोस्