
परासी । नवलपरासीमा भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख बढीको चिनी प्रहरीले बरामद पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो ।
ट्रकमा चिनी बोकेर लैजाँदै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो । एक ट्रकमा ४ सय २० बोराका दरले रहेको चिनी ८ सय ४० बोरा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ हेड क्वाटर नवलपरासीका सूचना अधिकारी डिएसपी केशवराज थापाले जानकारी दिनुभयो ।
कुल ४२ हजार किलो चिनीको मूल्य करिब ३३ लाख ६० हजार रहेको छ । अवैध कारोबारमा संलग्न ट्रक र चिनीको कुल मूल्य ९० लाख कायम गरिएको डिएसपी थापाले जानकरी गराउनुभयो ।
बरामद चिनी र ट्रकलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । पछिल्लो पटक जिल्लाका सीमा नाकाबाट अवैधरुपमा चिनी र कपडाको तस्करी बढेपछि सशस्त्र प्रहरीले पैदल र सवारी साधनको गस्ती बढाएर नियन्त्रणको प्रयास गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्