१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्छ : प्रधानमन्त्री


13
Shares

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने अवस्था रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक श्रोत, साधनको संरक्षण, संवद्र्धन वातावरण अनुरुप दिगो रुपमा अघि बढाउन जरुरी रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरुसँगको सहकार्य र समन्वय विस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले प्रकृति संरक्षण र जैविक विविधताको माध्यमबाट नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो । उहाँले प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गरी आर्थिक अवस्थालाई सहयोग पुर्‍याउन सकिने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले प्रकृति एवं जैविक विविधतालाई पर्यावरण सन्तुलन गरिराख्ने र मुलुकको समृद्धिमा सहयोग पु¥याउने गरी काम गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले मानव–वन्यजन्तु द्वन्द्व हुने ठाउँमा संरक्षित क्षेत्र कार्यालय, वन्य जीवजन्तु कार्यालयको सहकार्य र समन्वयमा समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।