१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गर्दै’


117
Shares

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गर्दै आएको बताउनुभयो ।

रुपन्देहीको सियारी गाउँपालिका २ मा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै खाणले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको बताउनुभयो ।

उहाँले सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधैँ उच्च सम्मान गर्दै आएको बताउनुभयो ।