१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालबालिकालाई चुनावमा प्रयोग नगर्न बाल सञ्जालकाे आग्रह


39
Shares

सिन्धुली । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुलीमा बालबालिकालाई चुनावमा प्रयोग नगर्न आग्रह गरिएको छ ।

जिल्ला बाल सञ्जालले जिल्लाका प्रमुख पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे । बाल सञ्जालले निर्वाचनमा बालबालिकालाई दुरुपयोग नगर्न र नगरियोस् भनिएको हो ।

बाल सञ्जालले ध्यानाकर्षण पत्रमार्फत बालबालिकाको विकासलाई प्रदेश तथा संघीय सरकारको गौरवको योजनाको रूपमा घोषणापत्रमा राख्दै कार्यान्वयनको दिशामा अघि बढ्नका लागि सुझाव दिएकाे छ । बाल सञ्जालले बालबालिकाको सर्वोत्तम हितलाई मध्यनजर गरी निर्वाचन घोषणापत्रमा बालबालिकाको सवालहरुलाई उच्च प्राथमिकतामा राख्न विशेष आग्रह गरेकाे छ ।

साेही ध्यानाकर्षण पत्रमा बालमैत्री स्थानीय शासन, पोषणयुक्त संघ तथा प्रदेश, बालविवाह मुक्त देश, बाल श्रममुक्त देश, किशोरकिशोरीमैत्री संघ तथा प्रदेश, परम्परागत हानिकारक अभ्यासको अन्त्य, विद्यालयलाई कुनै पनि किसिमको राजनीतिक गतिविधिको रूपमा प्रयोग नगरिने सुनिश्चितता, सबै बालबालिकाका लागि निःशुल्क, प्रविधिसहितको अनिवार्य शिक्षा, सुरक्षित विद्यालय र बालमैत्री सिकाई व्यवस्था हुनुपर्ने जस्ता मागकाे उल्लेख गरिएकाे छ ।