
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताउनुभएको छ ।
आइतबार कैलालीको धनगढीमा आयोजना गरिएको सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनपछि मुलुक कता जाने भन्ने गम्भीर मोडमा उभिएको बताउनुभएको हो ।
संविधान र गणतन्त्रको रक्षाको लागि गठबन्धन बनेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले २००७ सालदेखि लडाई लड्दै ल्याएको गणतन्त्र र संविधान बचाउनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु जरुरी रहेको बताउनुभयो ।
जितको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्षा राख्दै देउवाले आपसी तिक्ताता त्यागेर गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन आह्वान समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्