
झापा । निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय झापाले जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
भारतको बिहार र पश्चिम बंगाल राज्यसंग १ सय ४४ किलोमिटर खुल्ला सिमा जोडिएको झापामा सुरक्षा व्यवस्था चुस्त राख्न सिमा क्षेत्रमा निगरानी बढाउनुका साथै चाडपर्व लक्षित सुरक्षा योजनालाई समेत थप सशक्त बनाइएको छ ।
विशेषगरी दिपावली तथा छठ पर्बका अवसरमा भारतबाट पटका जन्य पदार्थ नेपाल भित्रने गरेको र चाडपर्वका समयमा विभिन्न खाले अपराधिक गतिविधि समेत हुन सक्ने भन्दै जिल्लाका विभिन्न स्थानबाट पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद भएको पटका नष्ट पारिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्