
सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक रुपमा आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन लामो समय टिक्ने समेत दाबी गर्नुभयो । उहाँले संविधान र संघीयतालाई बचाउने काम गठबन्धनले गर्ने बताउनुभयो ।
परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएकाले यो गठबन्धन लामो समयसम्म टिक्ने उहाँको दाबी छ । गठबन्धनको विजयका लागि सबै मिल्नु बाहेक अबको विकल्प नभएको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो ।
उहाँले एमाले अध्यक्ष केपी ओलीले संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको बताउनुभयो । उहाँले गठबन्धनविरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्