२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सिन्धुलीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू


65
Shares

सिन्धुली । सिन्धुलीमा तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ ।

चाडपर्वमा अवाञ्छित र आपराधिक गतिविधि बढ्ने भएकाले सुरक्षा योजना कडा पारिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमशे न्यौपानेले बताउनुभयो । उहाँले रातको समयमा हिडडुल गर्न, देउसीभैलो खेल्न, पटाका पडकाउन निषेध गरी सुरक्षा योजना लागु गरिएको उहाँको भनाई छ ।

तिहारमा पटाका भित्रिन नदिन जिल्लाका विभिन्न नाकामा चेकजाँच गर्ने गरिरहेको छ । शंकास्पद व्यक्तिहरू एवं सार्वजनिक स्थलमा हुने गतिविधिको निगरानी, पटकाको ओसारपसार तथा बेच–बिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत नियन्त्रण तथा अपराधिक प्रवृत्तिका मानिसहरूको पहिचान र निगरानीमा प्रहरीले सक्रियता बढाएको छ ।

मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलहरूमा हो–हल्ला र झै–झगडा गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाईने े जिल्लाप्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

सुरक्षित तवरले चाडपर्व मनाउन सर्वसाधारणमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै चाडपर्वलाई सुरक्षित, मर्यादित र सभ्य बनाउन सुरक्षा योजना कार्यान्यनमा ल्याईएको प्रहरीले जनाएको छ ।