७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मतदातालाई प्रलोभनमा नपार्न राजनीतिक दल र उम्मेदवारलाई प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह


13
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चाडपर्वको मौकामा मतदातालाई अवान्छित प्रलोभनमा नपार्न राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गर्नुभएको छ ।

तिहार र छठको शुभकामना दिँदै उहाँले निर्वाचनर्लाइ स्वच्छ, पारदर्शी र भयरहित बनाउन दलहरुलाई आग्रह गर्नुभएको हो ।

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावले राष्ट्रको जीवनमा सुशासन, समृद्धि र विकासको स्पष्ट मार्ग चित्र कोर्ने विश्वास व्यक्त गर्दै उहाँले निर्वाचन निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्ने बताउनुभयो ।

चाडपर्वको मौका पारेर निर्वाचनका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदाताहरुलाई अवान्छित रुपमा प्रलोभन दिने र प्रभावित नपार्न उहाँले आग्रह गर्नुभएको छ ।