७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


म्यादी प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु


494
Shares

वीरगञ्ज । पर्सामा म्यादी प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिन्दबासिनी गाउँपालिका वडा नं.२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको उपचारकाे क्रममा मृत्यु भएको हो ।

उपचारको क्रममा उनको सोमबार अपराह्न पौनै ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयाे ।

यादव मंसिर-४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि छनौट भएको म्यादी प्रहरी रहेको प्रहरीले जनाएको छ ।