१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बेबी बम्पमा स्वेताको फोटोसुट


24.622k
Shares

काठमाडौं । अभिनेत्री स्वेता खड्काले बेबी बम्प देखाउँदै फोटोसुट गराएकी छिन् ।

स्वेता र उनका श्रीमान् श्रीमान विजयेन्द्रसिंह राउत चाडै नै सन्तानको आमा बुबा बन्दै छन् । प्रेमी विजयेन्द्रसँग विवाह गरेकी स्वेता आमा बन्न लागेको खबर केही महिना अगाडि सार्वजनिक भएको थियो ।

त्यसपछि स्वेता सार्वजनिक कार्यक्रममा पनि उपस्थित हुने गरिन् । हालै मात्र उनले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । रातो पहिरनमा सजिएकी उनले फोटोसुटको लागि केही पोज दिएकी छिन् । तस्वीरमा उनीसँगै श्रीमान पनि छन् ।

पछिल्लो समय फिल्मभन्दा व्यापार–व्यवसायमा सक्रिय रहेकी श्वेताले गत वर्ष मंसिरमा विवाह गरेकी थिइन् ।