१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विवेकशील साझा पार्टीको घोषणापत्र सार्वजनिक


390
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र पार्टीको दर्शन रहेको भन्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पार्टीले सुसंकृत राजनीति, समतामूलक समृद्धि पार्टीको लक्ष रहेको भन्दै घोषणापत्र सार्वजनिक गरेको हो ।

त्यस्तै, पार्टीले घोषणापत्रमा पद्धती, पारदर्शिता, ईमानदारी, उत्कृष्टतालाई आफ्नो मूल्य मान्यता रहेको उल्लेख गरेको छ ।

सरकार चलाउनेहरु असक्षम र भ्रष्ट रहेको तथा नेताहरुले सुसंस्कृत र विकासमुखी राजनीतिको भरपर्दो संकेत देखाउन नसकेकोले विकल्प राजनीतिको विकल्पको रुपमा विवेकशील साझा पर्टीको आवश्यकता रहेको घोषणा पत्रमा जनाइएको छ ।

त्यस्तै, पार्टीले इमान्दार, उत्कृष्ठ, क्षमतावानलाई राजनीतिमा सहभागी हुन प्रेरित गर्ने जनाएको छ ।