
काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उमेदवारी परेकालगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले ५४८ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्