९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लोप हुँदै सोरठी नृत्य


286
Shares

काठमाडौं । बागलुङमा प्रचलित सोरठी नृत्य लोप हुँदै गएको छ ।

गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित सोरठी नाच पुस्तान्तरणसँगै लोप हुँदै जान थालेको हो ।

चाडपर्व र मेला महोत्सवमा नाचिने नृत्य खासगरी तिहार पर्वम बढी नाचिन्छ । सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहार आउनु एक साता पहिलेनै गाउँमा बुढापाकाले गाउने नृत्य र युवाले साथ दिने चलन चल्दै आएकोमा यो बर्ष त्यति रौनक देखिँदैन ।

संस्कृति संरक्षणमा युवापुस्ताको मोह घट्दै जानुले सोरठी नाच पनि ओझेलमा परेको स्थानीयको भनाइ छ । बूढापाकाले मादल बजाउने, गीत गाउने र अन्यले उनीहरुसँगै गाउने नाच्ने गरे पनि यसको मौलिकता हराउँदै गएको छ । बागलुङ पश्चिमका ग्रामीण भेगमा सोरठी नृत्यका कारण तिहारको रौनक बेग्लै हुने गरेको थियो ।