१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कल सेन्टरबाट आएका एक हजार २५ जिज्ञासा निर्वाचन आयोगले समाधान गर्‍यो


91
Shares

काठमाडौं । निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ ।

आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर ११०२ मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको जनाएको छ ।

गत २८ असोजदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा ७ कात्तिकसम्म आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको उसले जनाएको छ ।

आयोगका अनुसार सो अवधिमा १७२ वटा कल मिस्ड भएका थिए भने ३०५ वटा भ्वाइस मेल आएका थिए ।