
एजेन्सी । लगातार बर्षाका कारण आइसिसी टी २० विश्वकपमा अफगानिस्तान र न्युजिल्याण्डबीच खेल रद्द भएको छ ।
मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भनिएको खेल टस पनि हुन नपाई रद्द भएको हो ।
खेल सुरु हुनु अगावै वर्षा सुरु भएपछि दवै टोलीले एक एक अंक बाँडेका छन् । जारी विश्वकपमा बर्षाको कारण अंक बाँड्नु परेको यो दोस्रो खेल हो । यसअघि जिम्बावे र दक्षिण अफ्रिकाबीचको खेल पनि पूरा हुन नपाउँदा रद्ध भएको थियो । जसको कारण एक एक अंक बाँडेका थिए ।
बर्षाले प्रभावित बनेको तेस्रो खेल हो । बर्षाको कारण इंग्ल्यान्ड डकवर्थ लेविस पद्धतिको आधारमा आयरल्यान्डसँग ५ रनले स्तब्ध हुन पुग्यो । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १४ दशमलव ३ ओभरमा १०५–५ को अवस्थामा खेल रोकिएको थियो । पुन खेल हुन नसकेपछि पराजित हुन पुग्यो ।
अब बिहीबार तीन खेल हुने छन् । दक्षिण अफ्रिका र बंगलादेशबीचको खेल बिहान ८ ः ४५ मा हुने छ । दोस्रो खेलमा भारत र नेदरल्यान्ड्सबीच दिउँसो १२ः४५ मा सुरु हुने छ । तेस्रो खेलमा पाकिस्तान र जिम्बावेबीच दिउँसो ४ः ४५ मा खेल हुने छ । सुपर १२ को समूह ‘ए’ मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ ।
श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २–२ अंक जोडेका छन् । नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ । यता सुपर १२ को समूह ‘बी’ मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुवै टोलीको समान २ अंक भएपनि नेटरनरेटमा बंगलादेश अघि छ । दक्षिण अफ्रिका र जिम्बावे एक एक अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंक बिहीन छन् ।
प्रतिक्रिया दिनुहोस्