
काठमाडाैं । मुगुमा गत असोजमा आएको बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि अवरुद्ध भएको बिजुली अझै बल्न सकेको छैन । गमगाड साना जलविद्युतगृहमा बाढीले क्षति पुर्याएपछि विद्युत सेवा अवरुद्ध भएको थियो ।
बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका स्थित विद्युतगृहको ११ सय मिटर लामो नहरमध्ये झण्डै ७ सय मिटरमा क्षति पुर्याएको छ । यसैगरी विद्युतगृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको छ ।
नहर र बिद्युत गृहको मर्मतमा ढिलाइ हुँदा लामो समयदेखि विद्युत अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरु गरिसकेको भए पनि कति समय लाग्ने भन्ने टुंगो छैन । भौगोलिक रुपमा विकट मुगुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जोडिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्