९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


२२ जना संक्रमणमुक्त हुँदा ४ जना संक्रमित


65
Shares

काठमाडौं । थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७९ जनामा पीसीआर परीक्षण गर्दा ३ जना र २ सय ७५ एन्टीजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार २२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

हाल ६२२ जना सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।