
काठमाडौं । १४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२४ वटा नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, शुक्रबार २९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६०५ रहेको छ ।
कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्