२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कुन भन्सारले कति राजस्व संकलन गर्‍यो ?


416
Shares

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले सर्वाधिक राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा उक्त कार्यालयले २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ । यो नाकाबाट गाडी, मोटरसाइकल, पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ पदार्थलगायत आयात हुन्छ ।

दोस्रो धेरै महसुल संकलन गर्नेमा भैरहवा भन्सार कार्यालय २२.८८ प्रतिशत छ । गत वर्ष सो कार्यालयले १ खर्ब १५ अर्ब राजस्व संकलन गरेको थियो । यस्तै तेस्रो धेरै संकलन गर्नेमा वीरगन्ज सुख्खा बन्दरगाह कार्यालय ९.७६ प्रतिशत छ । जसले ४९ अर्ब ३४ करोड महसुल संकलन गरेको छ ।

चौथो स्थान ओगट्नेमा विराटनगर भन्सार कार्यालय रहेको छ । उक्त कार्यालयले गत वर्ष ४० अर्ब महसुल संकलन गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयले २३ अर्ब ४३ करोड महसुल संकलन गरेको छ । यसैगरी नेपालगञ्ज भन्सार २२ अर्ब ४२ करोड, मेची भन्सार १७ अर्ब ८० करोड असुली गर्दा कैलाली भन्सार कार्यालयले ९ अर्ब ३० करोड उठाएको छ ।

रसुवा भन्सार ७ अर्ब १७ करोड, कृष्णनगर भन्सारले ५ अर्ब ४३ करोड राजस्व संकलन गरेको छ । यस्तै, चिनियाँ पक्षको असहयोगबीच तातोपानी भन्सारले ३ अर्ब ४२ करोड राजस्व संकलन गरेको छ । अन्य भन्सार कार्यालयको योगदान २.७ प्रतिशतमा सीमित छ ।

भन्सार विभाग अन्तर्गतका ५ भन्सार कार्यालयले एक करोड पनि राजस्व संकलन भएको छैन । त्रिवेणी भन्सार कार्यालयले गतवर्ष कुनै राजस्व संकलन गरेको छैन । यस्तै, महाकाली भन्सार कार्यालयले २३ लाख ६१ हजार मात्र कर संकलन गरेको छ । गत वर्ष विभाग अन्तर्गतका कार्यालयले कुल ५ खर्ब ६ अर्ब राजस्व संकलन गरेको छ ।