२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एमालेको इज्जतका लागि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ : अध्यक्ष ओली


3.016k
Shares

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ मा एमालेको इज्जतका लागि भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताउनुभएको छ ।

एमाले र राप्रपाले शुक्रबार भद्रपुरमा आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले एमालेले राप्रपा अध्यक्ष लिङदेनलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्न निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले आगामी ४ गतेको निर्वाचनपछि आफ्नो पार्टीको बहुमत आउने र राप्रपा र जसपासँग संयुक्त सरकार गठन गर्ने बताउनुभयो । त्यसैगरी राप्रपाका अध्यक्ष लिङदेनले राजनीतिलाई अपराधीकरण गर्ने प्रवृत्तिलाई घुँडा टेकाउनु पर्ने बताउनुभयो ।