१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन


260
Shares

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिका-८ मा दुई समुदायबीच भएको झडपबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य रहेका छन् ।

समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने छ ।