
सिन्धुली । विगतमा तराईका जिल्लाहरुमा मनाईने छठ पर्व पछिल्लो समय सिन्धुलीमा पनि मनाउन थालिएको छ ।
भित्री तराईमा पर्ने सिन्धुलीको सिन्धुलीमाडीमा यस वर्षको छठ पर्व तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ मनाइरहेका छन् ।
यसअघि सिन्धुलीको सिन्धुलीमाडी, भिमान, दुधौली, खुर्कोट लगायतका विभिन्न स्थानमा छठ पर्व मनाउन तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ घाटको निर्माण गरेका थिए ।
पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्