२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मधेश प्रदेशमा थप एक दिन बिदा


546
Shares

काठमाडौं । छठ पर्वको अवसरमा मधेश प्रदेश सरकारले थप एक दिन सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामले छठको उदाउँदो सूर्यलाई अर्घ दिन समेत सार्वजनिक बिदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले सामाजिक सद्भावको उत्कृष्ट पर्व छठमा कार्तिक १४ गते प्रदेशमा सार्वजनिक विदा दिएको विज्ञप्तिमार्फत जानकारी गराउनु भएको हो ।