१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप : पुलिसको लगातार दोस्रो जित


39
Shares

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

मुलपानी मैदानमा सोमबार भएको खेलमा नेपाल पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकाल्दा अर्को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा ६९ रनको जित निकालेको हो ।

प्रदेश १ माथि सानदार जित निकालेको विभागीय टोली पुलिसले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

यसअघि आइतबार भएको खेलमा पुलिसले वागमती प्रदेशलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेको थियो । जारी प्रतियोगितामा सुखद् सुरुवात गर्ने क्रममा गण्डकीले सुदूरपश्चिमलाई १ सय ३९ रनमा समेट्यो ।

गण्डकी प्रदेशले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२ दशमलब ४ ओभरमा समेटिएको थियो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबारनै भएको अर्को खेलमा पुलिसले प्र्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । प्रदेश–१ ले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

मंगलबार पनि दुई खेल हुने छन् । मुलपानीमा हुने खेलमा विभागीय टोली एपिएफ र सुदूरपश्चिम प्रदेश तथा कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बागमती प्रदेश र प्रदेश १ बीच प्रतिष्पर्धा हुने छ ।