१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आए : आयुक्त भण्डारी


351
Shares

काठमाडौं । निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताउनुभएको हो ।

सोमबार आयुक्त भण्डारीले आयोगमा १५० वटा उजुरी रहेको र करिब ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पार्नुभयो । निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरुमा भन्दा अहिले हुन गईरहेको निर्वाचनमा आचारसंहिता उलंघनको घटना कम देखिएको समेत बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उलंघनको घटनाको उजुरीमाथि छानवीन गर्ने क्रम जारी रहेको पनि जनाएको छ । आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पटकपटक दोहोर्‍याउनुभयो ।