१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वकप टि–२० क्रिकेटमा आयरल्याण्ड पराजित

अफ्गानिस्तान र श्रीलंकाबीच आज प्रतिस्पर्धा हुने

169
Shares

काठमाडौं । विश्वकप टि–२० क्रिकेटमा अष्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनले पराजित गरेकाे छ ।

ब्रिसबेनमा सोमबार भएको खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएकाे हाे। उसका लागि आरोन फिन्चले ६३ रन जोडेका थिए । जवाफमा १ सय ८० रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्रै बनाउन सकेकाे छ ।

आयरल्याण्डका लोर्कान टकरले अविजित ७१ रन जोडे पनि टोलीलाई जिताउन भने सकेनन् । यो जितसँगै अष्ट्रेलियाले टि–२० विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेको छ ।

प्रतियोगितामा आज मंगलबार दुई खेल हुने भएका छन् । ब्रिसबेनमा बिहान पौने १० बजे सुरू हुने खेलमा अफ्गानिस्तान र श्रीलंका भिड्ने भएका छन् । सोही मैदानमा दिउँसो पौने २ बजे न्युजिल्याडले इंग्ल्याण्डसँग खेल्ने भएकाे छ ।

विश्वकप क्रिकेटको सुपर १२ चरणको समूह एकमा ३ खेलबाट ५ अंक जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा रहेकाे छ । ४ खेलबाट ५ अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा रहँदा ३ खेलबाट ३–३ अंक जोडेको इंग्ल्याण्ड र आयरल्याण्ड क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् । श्रीलंका र अफ्गानिस्तानको २–२ अंक रहेकाे छ । यो समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।