
काठमाडौं । ललितपुरमा प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
खोटाङको सजेला गाउँपालिका-१ का राजेन्द्र राईलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको हाे । राजेन्द्रले आफ्ना छिमेकी ३८ वर्षका रामचन्द्र राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएकाे छ ।
राजेन्द्रले आवेगमा आएर छिमेकी रामचन्द्रको हत्या गरेको बयान दिएको प्रहरीले दावी गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्