
काठमाडौं । झापाको दमक नगरपालिका–१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, बिकाश तामाङ र उर्लाबारी–७ का सपन खत्री रहेका छन् ।
उनीहरुले श्रेष्ठलाई गत आइतबार राति साढे १० बजे उर्लाबारी–७ स्थित मावा खोलामा लागेको छठ पुजा हेर्न गएका बेला चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाइते भएका श्रेष्ठको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आशंका गरिएका ५ जनालाई घटनामा प्रयोग भएको चक्कुसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्